१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ९ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ९ शनिबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्ड र देउवा निर्णायक छलफलमा, के हाेला गठबन्धनकाे भविष्य ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ९ शनिबार १४:o७:oo

आगामी सरकार गठन र शक्ति बाँडफाँटका विषय टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ।

शुक्रबारको बैठक निष्कर्षविहीन भएपछि देउवा र प्रचण्ड आज पुनः ३ बजे भेटवार्ता गर्न लागेका बालुवाटार स्रोतले जनाएको छ। यसअघि आजै बिहान ११ बजे माओवादी नेता वर्षमान पुनले देउवालाई भेटेका थिए। अध्यक्ष प्रचण्डको सन्देश लिएर गएका उनी बालुवाटारमा १५ मिनेट मात्रै बसेका स्रोतले बताएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ। तर, गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय नटुंगिँदा गठबन्धनकै भविष्य अनिश्चित भएको छ।

ad
ad
ad
ad