मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ९ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ९ शनिबार o९:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारले किसानबाट किन्यो २७ हजार क्विन्टल धान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ९ शनिबार o९:o५:oo

सरकारले समर्थन मूल्य तोकेयता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँका किसानबाट २७ हजार पाँच सय ८६ क्विन्टल धान खरिद गरेको छ । कम्पनीका अनुसार महेन्द्रनगरबाट आठ सय ३७, धनगढीबाट १२ हजार सात सय ८२, राजापुरबाट १३ हजार चार सय ४१ र नेपालगन्जबाट पाँच सय २६ क्विन्टल धान खरिद गरेको हो । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले १६ कात्तिकमा धानको समर्थन मूल्य तोकेको थियो । सरकारले यसपटक मोटा धानको प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान तीन हजार एक सय २८ रुपैयाँ तोकेको छ । कम्पनीले सोही मूल्यमा किसानसँग धान किन्न थालेको हो । यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल क्रमशः दुई सय १५ र दुई सय २६ रुपैयाँ बढी हो । किसानबाट समर्थन मूल्यमा धान किन्न सरकारी निकायले एक अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार खाद्यले तीन लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । यस्तै, नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमल्सिनाले व्यापारीले सस्तो मूल्यमा अधिकांश धान बेचिसकेपछि झारो टार्नका लागि मात्र धान किन्न खोजेको बताए ।

खाद्य कम्पनी पूर्वी जिल्लातिर धान किन्न अझै पुगेको छैन । अहिले खरिद गरेको धान पश्चिमतिरका किसानबाट किनिएको हो । पश्चिम हुँदै पूर्वतिर खरिद गर्ने तयारीमा रहेको सुवेदीको भनाइ छ । समर्थन मूल्य तोकेको एक महिनापछि मात्र खाद्य व्यापार कम्पनीले धान खरिद गरेको हो ।