१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Saturday, 21 September, 2024
२o७९ पौष ८ शुक्रबार ११:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीमा कांग्रेसले शनिबार दलको नेता छान्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार ११:५७:oo

कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार बन्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यसूचीअनुसार शनिबार दलको नेताका लागि निर्वाचन हुने भएको हो । 

दलको नेता बन्नका उम्मेदवारका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।कार्यतालिकाअनुसार पुस ८ गते (शुक्रबार) बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो १२ बजेसम्म दाबी–विरोधउपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शुक्रबार दिउँसो ३:३० बजे उम्मेदवारका लागि दरखास्त गर्ने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकाय बताए । ‘शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेका छ,’ उनले भने, ‘उम्मेदवारको नाम फिर्ता लिने समय शुक्रबार बेलुका साढे पाँच बजे तोकिएको छ ।’ शुक्रबार बेलुकी ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने शनिबार मतदान र मतगणना निर्वाचन समितिले जनाएको छ । 

संसदीय दलका नेता बन्नका लागि हालका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालीका कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह आकांक्षी रहेका छन् । यी दुवैजना संस्थापन पक्ष अर्थात् देउवानिकट नेता हुन् ।