१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लाका सांसदले लिए बख्खु पहिरनमा शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:o३:oo

हुम्लाको संघीय सांसद छिरिङ डम्डुल लामा कार्चेनले हुम्ली पहिरन (बख्खु)मा संसदमा शपथ लिएका छन । बिहीबार संसद् भवन छिरेका उनले हुम्लाको लामा जातिको संस्कृति झल्किने बख्खुमा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

लोकतान्त्रिक गणतन्त्रको गरिमा र महिमा नै वेशभूषा, चालचलन, रीतिरिवाज, भाषा, संस्कृति, विभिन्न क्षेत्र, वर्ग, लिंग  भएको कारण आफूले आफ्नो संस्कृति झल्काउने पहिरनमा शपथ लिँदा आफूलाई खुसी महसुस भएको सांसद लामाले बताए ।

हुम्लाको लामा समुदाय र अन्य भूभागमा ऊनीको कपडाबाट बनेको बख्खु पौराणिक लुगा हो । यसपटक सांसद लामा  राष्ट्रिय स्तरमा नै चर्चा हुने गरी संसद् भवन प्रवेश गरेका हुन् । यसखालको पहिचानयुक्त पहिरनले एकपटक हुम्लालाई राजधानी पुर्‍याएको आभाष भएको हुम्ली जनताले महसुस गरेका छन् ।

ad
ad