१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ७ बिहीबार o६:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ योजना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार o६:१२:oo

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’को सफलतापछि महिलालक्षित कार्यक्रम सुरु गरेको हो । चितवनमा कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले देशभरिका शाखा–उपशाखा प्रमुख र अधिकृतहरूसहित ७५ जनाको उपस्थितिमा नयाँ कार्यक्रम सुरुवात गरेको जनाइएको छ । 

कार्यक्रम सुरुवातपछि अध्यक्ष शर्माले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तीकरणका लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रूपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकाले उनीहरूलाई अगाडि बढाउने यस्ता कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तीकरणमा कार्यक्रमले पार्ने प्रभावबारे जानकारी गराएका थिए । देशमा महिलाको जनसंख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकाले उनीहरूलाई सक्षम र आर्थिक रूपमा सबल नबनाई देश अघि बढ्न नसक्ने उनको भनाइ थियो ।  

यसै आवमा परीक्षणका रूपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र तीन हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । कार्यक्रममा सरकारी, गैरसरकारी निकायसँग समन्वय गरी महिलालाई तालिम दिने, रोजगारीका लागि बिमालगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको जनाइएको छ ।