१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख १९ बुधबार २२:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुर्खेतमा सात सयभन्दा बढी पत्रकार भेला हुँदै

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:५४:oo

सुर्खेतमा सात सयभन्दा बढी पत्रकार भेला हुने भएका छन् । 
नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । ८ र ९ पुसमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने साधारणसभामा सात सयभन्दा बढी पत्रकार सहभागी हुँदै छन् । 

यसलाई महासंघको नीतिगत तथा वैधानिक अधिवेशनका रूपमा हेरिएको छ । साधारणसभाले महासंघको आगामी भावी कार्ययोजना निर्माण गर्ने महासंघका केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिए । 

‘सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदनमाथि बृहत् छलफल हुनेछ,’ उनले भने, ‘साधारणसभामा ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एसाेसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद् सदस्य सहभागी हुनेछन् ।’

साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने महासंघले जनाएको छ । 

ad
ad