![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/deuba-dai2022-12-21-11-19-49.jpeg)
कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले ६४ मत प्राप्त गर्दै विजयी हासिल गरे । यसैगरी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन् ।
कांग्रेस संसदीय दलको निर्वाचन सकिएलगत्तै मतगणना सुरु भएको थियो । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा गणना भएको निर्वाचन समिति सदस्य प्रकाश रसाइलीले जानकारी दिए ।
निर्वाचनमा कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका थिए । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका थिए ।