मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ६ बुधबार o८:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको निर्वाचन निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार o८:४४:oo

कांग्रेस संसदीय दलको निर्वाचन निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु भएको छ । मतदान गर्दा साथमा मोबाइल लैजान नपाउने सहमति भएसँगै मतदान सुरु भएको हो । 

बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयपरिसरमा मतदानको व्यवस्था गरिएको थियो, तर मतदानका क्रममा सांसदलाई मोबाइल साथमा लैजान दिने वा नदिने भन्ने विषयमा विवाद हुँदा निर्धारित समयमा निर्वाचन सुरु हुन नसकेको हो ।

अहिले बिहान ८:४५ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन समितिमा रहेका निर्वाचन समिति संयोजक सहमहामन्त्री भीष्मराज आङ्देम्बे र पुष्पा भुसाल मोबाइल लान दिनुपर्ने पक्षमा थिए भने निर्वाचन समिति सदस्य इतर समूहका प्रकाश रसाइली स्नेही मतदान गर्दा मोबाइल साथमा लैजान नहुने पक्षमा थिए। यही विवादले गर्दा बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन सकेन ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात् आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का हुन् । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल हुन् । 

यस निर्वाचनमा पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले मात्र मतदान गर्न पाउँछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको छ । निर्वाचन समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ ।