मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ५ मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवाका प्रस्तावक रामचन्द्र पौडेल, गगनका शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ५ मंगलबार १५:०४:००

नेपाली कांग्रेस संसदीय दलको निवार्चनमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच भिडन्त पक्का भएको छ । भोलि बिहान ८ देखि १० बजेसम्म हुने मतदानले दलको नेता चयन गर्ने छ । 

देउवाको उम्मेदवारीमा प्रस्तावक रामचन्द्र पौडेल छन् । थापाको प्रस्तावकमा डा. शेखर कोइराला छन् । थापालाई पार्टी उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले समर्थन गरेका छन् । गत पार्टी महाधिवेशनमा पौडेल देउवा क्याम्पबाट महामन्त्रीमा उम्मेदवार थिए । कृष्णप्रसाद सिटौला समूहमा रहेका पौडेलले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएदेखि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्थामा नयाँ नेतृत्वअघि सार्नुपर्ने धारणा राख्दै आएका थिए ।