१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा लाग्दैनौँ : गोकण विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:४७:oo

एमाले सचिव गोकर्ण विष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन्। आइतबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताएका हुन्। 

उनले आफूहरूले जनमतविपरीत सरकार निर्माणका लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने बताए। उनले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने स्पष्ट पारे।

सचिव विष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहनाविरुद्धका काम नगर्ने बताए। उनले एमालेलाई कमजोर बनाउन गत निर्वाचनमा वामपन्थीहरूले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेकाे बताए । उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको दाबी गरे। 
 

ad
ad