१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ३ आइतबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मानव अधिकार चलचित्र महोत्सवमा ६४ फिल्म प्रदर्शन हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार १o:५७:oo

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण आइतबारबाट सुरु हुँदै छ । ६ पुससम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सञ्चालन हुने महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिनेछ । महोत्सवको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्ने कार्यक्रम छ । 

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना गरिने यस संस्करणको महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स : टप अफ द वर्ल्ड’ देखाइनेछ । महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गर्ने कार्यक्रम छ । 

यस वर्ष महोत्सवमा नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रूपमा रहेका छन् । 

महोत्सवमा प्रदर्शन गरिने चलचित्रमध्ये चार विधामा उत्कृष्ट स्थान हासिल गर्नेलाई नगदसहित अवार्ड प्रदान गरिनेछ । त्यस्तै, महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि अवार्ड प्रदान गरिनेछ ।

महोत्सवका दौरान ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयक मास्टर क्लाससमेत आयोजना हुनेछ । मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिनेछन् । त्यस्तै, महोत्सवमा ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरूसँग प्यानल छलफल पनि राखिएको छ । 

ad
ad
ad
ad