मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस ब्रसेल्स
२०७९ पौष १ शुक्रबार १३:५३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इयू नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

Read Time : < 1 मिनेट
रासस, ब्रसेल्स
२०७९ पौष १ शुक्रबार १३:५३:००

युरोपेली नेताहरूले बिहीबार ब्रसेल्समा आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौँ प्याकेजलाई अनुमोदन गरेका छन्।

युरोपेली परिषद्को शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेका थिए। उनीहरूले रुसविरुद्ध युरोपेली संघको  प्रतिबन्धात्मक उपायहरूबारे थप छलफल गरेका छन्।

इयूको प्रतिबन्धात्मक उपायहरूको नवौँ प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्यापलगायत विषयमा गहिरो छलफल भएको बताइएको छ। युक्रेनलाई मद्दत गर्नका लागि १८ बिलियन युरो (१९.१ बिलियन अमेरिकी डलर)को आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो। तर, यो विषयलाई भने अनुमोदन गरिएको छैन।

‘युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउन तयार छ। युरोपेली परिषदले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्त्वलाई जोड दिनेछ,’ नेताहरूले सम्मेलनपछि बताएका छन्।