१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बसको ठक्करबाट विद्यार्थीको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२o:oo

बसको ठक्करबाट कञ्चनपुरको महेन्द्रनगरमा एक विद्यार्थीको मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना.६ख ६५२१ नम्बरको यात्रुवाहक बसले महेन्द्रनगर राजमार्गको सुडा क्षेत्रमा  साइकलमा गइरहेका विद्यार्थीलाई शुक्रबार बिहान ७ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट मृत्यु हुनेमा २१ वर्षीय कविराज वैद्य छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार कविराज महेन्द्रनगरको कञ्चन विद्यामन्दिर सामुदायिक क्याम्पस स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिए । बेदकोट नगरपालिका– ६ सियैया घर भएका कविराजलाई बसले ठक्कर दिएपछि घाइते भएका थिए । घटनास्थलदेखि अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको छ । मृतक कविराजको शव महाकाली अस्पतालमा राखिएको छ । 

बैतडी सुर्नया घर भएका बसचालक सन्तोष ऐर प्रहरी नियन्त्रणमा छन् । अत्यधिक कुहिरोका कारण उनी दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ 

ad
ad