मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १ शुक्रबार o९:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सट्टेबाजमा संलग्न अर्का युवक पक्राउ : २६ वालेटबाट झन्डै आठ करोड कारोबार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार o९:o१:oo

कतारमा जारी विश्वकप फुटबललगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सट्टेबाज धन्दामा संलग्न अर्का युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका– १ का २६ वर्षीय सुजन गौली छन् । उनको बैंक खातामा प्रहरीले दुई करोड ३६ लाख ३३ हजार एक सय ३८ रुपैयाँ फेला परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कमलपोखरीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले रसियन बेटिङ एप्लिकेसन ‘वान एक्स बेट’बाट सट्टेबाजी खेलाउँदै आएका थिए । उनी बेटको नेपाल एजेन्ट रहेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 

कृष्णप्रसाद कोइराला, प्रवक्ता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

विश्वकप फुटबलमा सट्टेबाजी भइरहेको सूचना आएपछि प्रहरी उच्च निगरानीमा थियो । यही क्रममा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । उनी पनि ‘वान एक्स बेट’मार्फत सट्टेबाजीमा संलग्न रहेको खुलेको छ । उनको बैंक खाताबाट झन्डै साढे दुई करोड रुपैयाँ बरामद भएको छ । उनी ‘वान एक्स बेट’को नेपाली ‘एजेन्ट’ रहेको अनुसन्धानबाट देखिन्छ ।

‘विश्वकप फुटबलमा सट्टेबाजी भइरहेको सूचना आएपछि प्रहरी उच्च निगरानीमा थियो । यही क्रममा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । उनी पनि ‘वान एक्स बेट’मार्फत सट्टेबाजीमा संलग्न रहेको खुलेको छ । उनको बैंक खाताबाट झन्डै साढे दुई करोड रुपैयाँ बरामद भएको छ । उनी ‘वान एक्स बेट’को नेपाली ‘ऐजन्ट’ रहेको अनुसन्धानबाट देखिन्छ,’ उनले भने ।

प्रहरीका अनुसार रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन पाउने भएपछि गौली केही महिनादेखि यो धन्दामा संलग्न हुँदै आएका थिए । यसका लागि उनले विभिन्न व्यक्तिका नाममा ‘डिजिट वालेट अकाउन्ट’ खोलेका थिए । सोही खातामार्फत उनले सट्टेबाजका लागि आवश्यक रकम संकलन गर्दै आएका थिए ।

प्रहरीले यसअघि महोत्तरीका २० वर्षीय आदर्श ठाकुरलाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका– २ सानेपाबाट पक्राउ गरेको हो । 

ठाकुरको विभिन्न बैंक खातामा सट्टेबाजमा प्रयोग भएको दुई करोड दुई लाख ८४ हजार चार सय ४८ रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार उनले रसियन बेटिङ एप्लिकेसन ‘वानएक्सबेट’मार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्दै आएका थिए ।

सट्टेबाजको आशंकापछि प्रहरीले अवैध रूपमा सञ्चालनमा रहेको चार सय ४५ ‘डिजिटल वालेट अकाउन्ट’ बन्द गरेको छ । जसमध्ये सर्ट लिस्टमा परेका २६ वालेटबाट सात करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ कारोबार भएको खुलेको छ । उक्त वालेटलाई प्रहरीले प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ । 

विभिन्न सेवाप्रदायक कम्पनीका उक्त वालेटमाथि अनुसन्धान जारी रहेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कोइरालाले बताए । ‘विभिन्न सेवाप्रदायक कम्पनीका डिजिट वालेटको कारोबार बन्द गरिएका छन् । सट्टेबाजमा प्रयोग हुन सक्ने देखिएपछि उक्त वालेट बन्द गरिएका हुन् । सबै वालेटमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । दोषी देखिए कारबाही हुनेछ,’ उनले भने ।