मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Tuesday, 14 January, 2025
रञ्जन भण्डारी महाेत्तरी
२o७९ मङ्सिर २९ बिहीबार १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पक्राउ परे नेहा र निहारिका

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १५:५८:oo

दाइजो र घरेलु हिंसा मुद्दाविरुद्ध विगत ६ दिनदेखि आन्दोलनरत नेहा चौधरी र निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू रामगोपालपुर नगरपालिकाअगाडिबाट पक्राउ परेका हुन्। 

मंगलबार साँझ नेहाका श्रीमान् डा. पंकज चौधरीलाई प्रहरीले सोही मुद्दामा पक्राउ गरेको थियो। जाहेरीका आधारमा नेहाकी सासू, नन्दलगायतका आरोपीलाई समेत पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका नेहा र निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएकाे हो। 

प्रहरीका अनुसार नेहा र निहारिका नेतृत्वको टोलीले नगरपालिका कार्यालयमा ढुंगामुढा र सडक जाम गरेका थिए। स्थिति नियन्त्रणमा लिन उनीहरूलाई पक्राउ गरिएको एसपी कृष्ण पंगेनीले बताए।

उनले पंकज पहिले नै पक्राउ परिसकेको र थप आरोपीको खोजी भइरहँदासमेत आन्दोलन नरोकिएपछि उनीहरूलाई पक्राउ गरिएको बताए। बुधबार प्रहरीले बिहीबार बिहान १० बजेसम्म थप आरोपी पक्राउ गर्ने बताएको थियो। निर्धारित समयमा आरोपी पक्राउ पर्न नसकेपछि आज ११ बजेदेखि उनीहरूले पुनः आन्दोलन सुरु गरेका थिए। 

यता आन्दोलन नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाईफायर गरेको थियो। दोहोरा झडपमा प्रहरी हवलदार मुकेशप्रसाद यादव र नगर प्रहरी राम दुसिद यादव, गंगाराम राय, सुरेश राय घाइते भएको प्रहरीले जनाएको छ।