१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २८ बुधबार
  • Saturday, 28 September, 2024
२o७९ मङ्सिर २८ बुधबार १९:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तपाईंहरूको आशीर्वाद लाग्यो भने छिट्टै देशको नेतृत्व गर्छु : प्रचण्ड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २८ बुधबार १९:३८:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशमा नयाँ अभियान सुरु गर्न नसके अप्ठ्यारा दिन आउन सक्नेतर्फ संकेत गरेका छन्। 

आफूले अध्ययन गरेको कास्कीको अन्नपूर्ण गाँउपालिका- १ नाउडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले यसपटकको निर्वाचन यसअघिका निर्वाचनभन्दा फरक रहेको र मतदाताले प्रमुख दल र नेताहरूलाई केही चुनौतीसँगै अवसर दिएको उनले बताएका हुन्। 

अब दलहरूले कस्ता कामलाई प्राथमिकता दिने भन्नेमा गम्भीर भएर अगाडि बढ्न र आउने दिनमा जनताको बृहत्तर हितमा लाग्ने विषयमा छलफल सुरु गर्न आवश्यक रहेको उनको भनाइ थियो।

आफूहरू हाल यसकै गृहकार्यमा लागेको बताउँदै प्रचण्डले देश र जनाका लागि नयाँ अभियान सुरु गर्न नसके दल र नेताहरूका लागि अप्ठ्यारा दिन आउन सक्ने संकेत गरे। 

अब सबैले हालको स्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा देश र जनताको बृहत्तर हितका लागि दल र नेताहरूको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा गहन समीक्षा र छलफल आवश्यक रहेको प्रचण्डले बताए।
  
सम्पन्न निर्वाचनमा कुनै न कुनै रूपमा चुनाैती देखिएको भन्दै प्रचण्डले निर्वाचनमार्फत केही नयाँ राजनीतिक दलहरू मधेस, तराई र पहाडमा जन्मिएको बताए। नयाँ दलको जन्मलाई सबै दलहरूले सकारात्मक ढंगले लिनुपर्ने उनको भनाइ थियो।

उनले जनताको हालको मुख्य माग सुशासन र विकास भएले अब यसकै लागि सबै समर्पित हुनुपर्ने बताए। उनले हाल देशको पहिलो आवश्यकता भष्ट्राचार निवारण रहेकोले ०४७ सालदेखि यताका राजनीतिक नेतृत्व र र सरकारका विशिष्ट श्रेणीका कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरे। 

एक फरक प्रसंगमा प्रचण्डले आफूलाई अब तेस्रोपटक देशको नेतृत्व गर्ने अवसर आउन लागेको संकेतसमेत गरेका थिए। ‘मसँग अब सायद धेरै वर्ष समय छैन। उनले भने, ‘अब मसँग, तपाईंहरूको आशीर्वाद लाग्यो, तपाईंहरूको माया र शुभकामनाले काम गर्यो भने मलाई लाग्छ म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु।’

उनले आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि–प्रक्रियासँगै उतारचढावलाई बुझन नपाई बितेको र दोस्रो कार्यकाल देशका लागि केही महत्वपूर्ण काम गरेको भनेर गर्व लाग्ने गरेको उनले बताए। 

अब तेस्रोपटक नेतृत्व गर्ने अवसर आए देशको प्रमुख समस्याको रूपमा रहेको भ्रष्टाचार नियन्त्रण गरी आर्थिक क्रान्तिको सुरुवात गर्ने उनले बताए।