१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिसिएलले नेपालमा ल्यायो ‘गुगल टिभी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१४:oo

एन्ड्रोइड टिभी ब्रान्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । कम्पनीले प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेस र ओएस भित्र्याएको हो । 

यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगई होम स्क्रिनबाटै सेलेक्ट गरेर हेर्न सक्ने कम्पनीले जनाएको छ । गुगल टिभीको प्रारम्भिक सेटअपपछि प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्ने जनाइएको छ । होम स्क्रिनमा विभिन्न एप, चलचित्र र टिभी कार्यक्रमहरूका स्लाइडहरू प्राथमिकताका आधारमा देखाइने कम्पनीले जनाएको छ ।

यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेस र ओएस रहेकाले टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीभन्दा एक कदम अगाडि रहेको दाबी गरिएको छ । योबाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नका लागि क्रोमकास्ट र ब्युल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको जनाएको छ । गुगल टिभीले नयाँ संस्करणलाई पनि अटोमेटिकल्ली अपडेट गर्ने उल्लेख छ । 

टिसिएलले हाल ४३ इन्चदेखि ७५ इन्चसम्मका तीन मोडेल तथा विशेषता रहेको गुगल टिभी ल्याएको जनाएको छ । टिसिएल ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको जनाइएको छ । त्यसैले यो टिभी सिजी डिजिटल सोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

ad
ad