१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

मेहदी लगाउनुअघि यी कुरामा ध्यान दिनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o५:oo

विवाहको मौसममा दुलही र पार्टीमा जाने महिलासमेतले मेहदी लगाउने गर्छन् । नेपालमा पनि भारतीय परम्पराको सिको गर्दै विवाहको अघिल्लो दिन ‘मेहदी फङ्सन’ नै आयोजना गर्ने गरिएको छ । सुन्दरताका दृष्टिले मेहदी लगाउनु राम्रो हो । तर, मेहदीले कतिपयलाई नकारात्मक असर पनि गरिरहेको हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ । 

- पछिल्लो समय बजारमा विभिन्न प्रकारका केमिकल मिसिएका मेहदी पाइन्छन् । यस्ता मेहदीले सुन्दर देखाए पनि स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले मेहदी चयन गर्दा ध्यान दिनुपर्छ । केमिकल मिसाइएका होइन, प्राकृतिक रूपमै तयार गरिएका मेहदी प्रयोग गर्नुपर्छ । 

- मेहदीले छालामा एलर्जी हुने,पानीफोका हुने, छाला फुट्नेजस्ता समस्या देखा पर्न सक्छन् । मेहदी लगाएको हातले शरीरका अन्य भाग छोएमा पनि असर गर्न सक्छ । नाक र आँखामा पनि एलर्जी हुन सक्छ । 

- मेहदीको गन्धले कतिपयलाई सास फेर्न गाह्रो हुन्छ । त्यसैले लगाउनुअघि बजारमा कस्ता खालको मेहदी आएको छ, बुझेर मात्रै लगाउने गर्नुपर्छ । 

- मेहदी लगाएको ठाउँमा पोल्न सक्छ । दीर्घरोग भएका दिदी–बहिनीका लागि झन् खतरा हुन्छ । यसले अर्काे समस्या पनि हुन सक्छ । झमझमाउन सक्छ । यस्तो लक्षण देखिएमा डाक्टरको सम्पर्कमा बस्नुपर्छ । असर देखिएमा तुरुन्तै उपचारमा लाग्नुपर्छ । सबैले आफ्नो स्वास्थ्यलाई ख्याल गर्न आवश्यक हुन्छ । 

ad
ad