१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेको बेथानचोक गाउँपालिकामा आज शोक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:१४:oo

दुर्घटनामा परी १७ जनाको मृत्यु, २२ जना घाइते

काभ्रेको बेथानचोक गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गर्दै र घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सूचना जारी गर्दै शोक बिदा दिने जनाएका छन् । सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामनासहित घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि शोक बिदा दिएको अधिकारीले जानकारी दिए । गाउँपालिकाभित्रको सरकारी कार्यालयहरू, सरकारी गैरसरकारी संघ/संस्थाहरू र विद्यालयहरूलाई शोक व्यक्त गर्दै बिदा दिन भनिएको छ ।

हिजो मंगलबार साँझ बेथानचोक– ५ च्याल्टीमा व्रतबन्धमा सहभागी भई बनेपातर्फ आउँदै गरेको बा.३ख ४३८५ नम्बरको यात्रुाबाहक बस बेथानचोक– ४ चलाल गणेशस्थानमा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतकहरूमध्ये १३ जनाको सनाखत भइसकेको छ । चारजनाको सनाखत हुन बाँकी छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

ad
ad