१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
फाइल तस्बिर
२o८१ जेठ ६ आइतबार १४:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीलाई संसदमा बोल्न दिने कुरामा कांग्रेस सकारात्मक : प्रमुख सचेतक परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:३५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कुनै आधार र प्रमाणविना व्यक्तिको राजनीतिक अधिकार खारेज हुने गरी कुनै संयन्त्र बनाउन नहुने बताएका छन्।

सभामुखले बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै उनले सहकारी प्रकरणका विषयमा आफ्नो पार्टी सभापति रवि लामिछानेविरुद्ध कुनै अभियोजन नभएकाले छानबिन समिति बनाउन आवश्यक नरहेको जिकिर गरे।

‘हिजो हामी जहाँ थियौँ आज पनि त्यहीँ छौँ । सहकारीको विषयमा रवि लामिछाने माननीयज्यूविरुद्ध कुनै अभियोजन छैन, कुनै आरोप छैन, कतै प्रतिवादी बनाइएको छैन। यत्तिका आधारमा कुनै व्यक्तिको राजनीतिक, सांस्कृतिक अधिकार खारेज हुने गरी हामीले कुनै संयन्त्र बनायो भने त्यो न्यायसंगत हुँदैन भन्ने हिजो हाम्रो बुझाई थियो र आज पनि हामी त्यहीँ छौं,’ उनले भने।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई संसदमा जवाफ राख्न दिने कुरामा कांग्रेस सकारात्मक रहेको भन्दै परियारले कुनै हालतमा समिति बनाउन आवश्यक नरहेको तर्क गरे।

‘दुई वटा कुरा असाध्यै सकारात्मक भएको छ (छलफलमा) । एउटा उपप्रधान तथा गृहमन्त्रीलाई संसदमा सहज रुपमा बोल्न दिनुपर्छ भन्ने कुरामा नेपाली कांग्रेस पुगेको छ,’ उनले भने, ‘अर्को कुनै पनि हालतमा समिति बनाउन आवश्यक छैन भन्ने ठाउँमा हामी पुगेका छौं।’

ad
ad