१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गृहमन्त्री शंकाको घेरामा हुनुहुन्छ, छानबिन समिति बन्नुपर्छ : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:३३:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री शंकाको घेरामा रहेकोले छानबिनलाई सहयोग गर्नुपर्ने बताएका छन्। 

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठकपछि प्रतिक्रिया दिँदै लेखकले गृहमन्त्री व्यक्ति मात्रै नभएको र उहाँ प्रश्नैप्रश्नले घेरिन नहुने बताए। 

उनले भने, ‘संसदीय छानबिन समिति बनाउनुपर्छ। प्रश्नैप्रश्नको घेरामा उभिनुभन्दा छानबिनलाई सहयोग गरेको राम्रो हुन्छ। राम्रो नेता प्रश्नले घेरिनुहुँदैन। संसद् अवरोध गर्ने नगर्ने कुरा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा भर पर्छ। अब आजको बैठकपछि सरकार समिति बनाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा उभिन्छजस्तो लाग्छ।’ 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदमा गृहमन्त्रीलाई कांग्रेसले सहज रूपमा बोल्न दिने र समिति बनाउन थप संवाद गर्ने समझदारी भएको बताए। 

संसद्को बर्खे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ। बर्खे अधिवेशन सुरु हुनुअघि नै ससदमा जारी अवरोध हटाउन सभामुख घिमिरेले शीर्ष नेताहरूसँग संवाद जारी राखेका छन्। 

ad
ad