कांग्रेस : मधेसमा मधेसी पुरुषतर्फ राकेशकुमार सिंहको नाम हटाएर कुमरकान्त झाको नाम समावेश ।
माओवादी : बागमतीमा जनजाति महिलातर्फ डोल्मा थामीको सट्टा भुवनकेशरी श्रेष्ठको नाम पठायो । त्यस्तै, लुम्बिनीमा खस–आर्य एक सिटमा भक्तिप्रसाद आचार्यको नामको सट्टा मीना बुढामगरलाई सिफारिस गर्यो ।
जसपा : मधेसमा सात सिट प्राप्त जसपाले १० जनाको नाम सिफारिस गरेको थियो । अहिले दलितबाट चन्देश्वर सदा, मुस्लिमबाट मो. युसुफ अली र मधेसीबाट मञ्जिलाकुमारी यादवको नाम हटाएको छ ।
नागरिक उन्मुक्ति : मधेसमा मधेसी क्लस्टरबाट रामचन्द्र चौधरीको नाम हटाएर उर्मिलादेवी सिंहको नाम समावेश गरेको छ । त्यस्तै, लुम्बिनीमा नोरीकुमारी चौधरीको नाम हटाएर नरमाया ढकाललाई सिफारिस गरेको छ । सुदूरपश्चिममा दामोदर पण्डित र सुनिता चौधरीको ठाउँमा टीका थापा र इन्दिरा गिरीको नाम सिफारिस गरेको छ ।
एमालेले सच्याउन मानेन
प्रदेश १ सभामा आदिवासी जनजाति महिलातर्फ रोलक्रममा अगाडि रहेकी यशोदा कायस्थलाई पन्छाएर पछाडि रहेकी लहरूमाया जिसी (याक्खा)को नाम राखेको थियो । तर, एमालेले कायस्थ अल्पसंख्यक नभई पहाडी नेवार कायस्थ भएको जिकिर गर्दै अल्पसंख्यक प्रतिनिधित्व गराउन कायस्थभन्दा तल्लो क्रममा रहेकी जिसीलाई सिफारिस गरेको जवाफ दिँदै यसैलाई मान्यता दिन पत्र लेखेको छ ।
त्यस्तै, मधेस प्रदेशमा मधेसी महिलातर्फ अल्पसंख्यकमा दुईजना पुर्याउनुपर्नेमा एकजना विनादेवी शर्मालाई मात्रै समेटेको थियो । अर्को कोटा पुर्याउन राजपतिदेवी जैसवाल (मारवाडी)लाई ल्याउनुपर्नेमा दोस्रो नम्बरमा रहेकी फुलोकुमारी देवी अल्पसंख्यक धोबी समुदायभित्र पर्ने र बन्दसूचीमा अल्पसंख्यक लेख्न छुटेको जिकिर गर्दै उनकै नामलाई मान्यता दिन माग गरेको छ । मधेसमै मुस्लिम क्लस्टरमा पहिलो नम्बरमा रहेकी जैनव खातुनको सट्टा दोस्रो नम्बरमा रहेकी नजिमा खातुनको नाम पठाए पनि सच्याउन अस्वीकार गरेको छ ।