१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिहेघरका बिरामी लिएर स्वास्थ्यचौकी गएको जिप दुर्घटना : एकैघरका पाँचसहित सबै १२ यात्रुको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१३:oo

बिहेघरका बिरामी लिएर स्वास्थ्यचौकी जाँदै गरेको जिप जाजरकोटमा दुर्घटना हुँदा एकैघरका पाँचसहित जिपमा रहेका सबै १२ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका– ५ भिरपाटीमा सोमबार दिउँसो जिप दुर्घटना भएको हो । 

कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जिप मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को बीचमा पर्ने भिरपाटीबाट अनियन्त्रित भई दुई सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले बताए । घटनास्थलमै नौ र उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा तीनजनाको ज्यान गएको हो । 

छेडागाड नगरपालिकाका सूचना अधिकारी देवबहादुर बुढाका अनुसार मृत्यु भएका पाँचजना एकै परिवारका हुन् । छेडागाड– ५ का जयलाल अधिकारी, साहिँलो भाइ दीपक, दीपककी श्रीमती नैसरा, उनीहरूकी दुई वर्षकी छोरी निशा र जयलालका कान्छा भाइ अम्मरबहादुर छन् । यस्तै, छेडागाड– ५ कै देवीसरा बुढा र जयकुमार बुढा तथा छेडागाड– ६ का वीरबहादुर खत्री र रामबहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामादैलेखको भगवतीमाई गाउँपालिका– २ घर भएका सवारीचालक मानबहादुर रावत, भगवतीमाई– ३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्काको पनि ज्यान गएको छ । 

जिप आइतबार दैलेखबाट जन्ती लिएर छेडागाड गएको थियो । विवाह घरमै रहेको जिप दिउँसो एक्कासि बिरामी परेका एकजना लिएर छेडागाड– ६ स्थित स्वास्थ्यचौकीतर्फ गएको थियो । केही तल पुगेपछि बिहे भतेर खाएर फर्किएका नौजना सोही जिपमा चढेका थिए । त्यहाँबाट अघि बढेको जिप करिब तीन सय मिटर अघि मध्यपहाडी लोकमार्गमा पुगेपछि एक्कासि सडकबाट तल खसेको थियो । 

ad
ad