मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Saturday, 15 March, 2025
२o७९ मङ्सिर २६ सोमबार १९:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा अस्पतालमा पहिलोपटक सिटिस्क्यान सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १९:२७:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एक मात्र सरकारी अस्पतालमा पहिलोपटक सिटिस्क्यान सेवा सुरु भएको छ। 
प्रदेश सरकारको सहयोगमा आजबाट अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको हो।

दैनिक ३० जनासम्म बिरामीलाई सेवा दिन मिल्ने गरी सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याइएको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए। उनले अस्पतालले छिट्टै एमआरआई सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको पनि बताए।

नेपाल सरकारबाट ५० शय्या सञ्चालन अनुमति पाएको हेटौँडा अस्पतालले अहिले तीन सय शय्यासम्म सञ्चालन गर्दै आएको छ।

रोटरीले दियो एक्सरे मेसिन
रोटरी क्लब अफ मकवानपुरले हेटौँडा अस्पताललाई पोर्टेबल भिडियो एक्सरे मेसिन सहयोग गरेको छ। क्लबले १८ लाख मूल्य पर्ने पोर्टेबल भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो।

हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको उपस्थितिमा आज रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई मेसिन हस्तान्तरण गरे। 

त्यस अवसरमा उपस्थित रोटरियनहरूले अस्पतालले उपयुक्त वातावरण बनाए थप सहयोग गर्न तयार रहेको बताएका थिए। अध्यक्ष कार्कीले आगामी दिनमा पनि अस्पतालको गुणस्तर वृद्धिका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।