मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ मङ्सिर २६ सोमबार १८:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशको दाेस्रो कार्यकाल : पहिलो बैठकको तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १८:२३:oo

बागमती प्रदेश सभा सचिवालयले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। 

सोमबार प्रदेश सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस कार्यकालको पहिलो प्रदेश सभा बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बैठकका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण, मर्मत तथा रंगरोगनलगायतका काम सम्पन्न भएको जानकरी दिँदै उनले भने, ‘अब सर्वदलीय बैठक बस्न बाँकी छ।’ 

सचिव खड्काले सम्भावित कार्यसूची निर्माण, सांसदहरूलाई स्वागत तथा शपथग्रहण, सभामुखको निर्वाचन तालिका, संसदीय दलको व्यवस्थापनलगायत काम सकिएको जानकारी दिए। 

अघिल्लो कार्यकालमा प्रयोग गरिएको पुरानै भवनमा बैठक बस्ने सचिव खड्काले बताए। बैठकका लागि पुरानो भवन मर्मत तथा रंगरोगनलगायतको काम सम्पन्न गरिएको जानकारी दिँदै उनले निर्वाचन आयोगले प्रदेश सभा सदस्यहरूको नाम राष्ट्रपतिसमक्ष पेस गरिसकेपछि प्रदेश सभाले बैठक डाक्न प्रक्रिया थाल्ने बताए।

यसपटक बागमती प्रदेश सभा ११० मध्ये कांग्रेसले ३७, नेकपा एमालेले २७, नेकपा माओवादी केन्द्रले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, एकीकृत समाजवादीले ७, नेपाल किसान मजदुर पार्टीले ३ र हाम्रो नेपाली पार्टीले २ सिट पाएका छन्।