Skip This
डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, घाइतेकाे हेलिकोप्टरबाट उद्धार 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर २६ सोमबार १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, घाइतेकाे हेलिकोप्टरबाट उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १७:o१:oo

डोल्पाको जगदुल्ला गाउँपालिका झडप हुँदा नौजना घाइते भएका छन्। गाउँपालिका- ३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौजना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका पाँचजना कार्यकर्ता घाइते भएका छन्। घटना हिजोको भए पनि सोमबार बिहान मात्रै जानकारी आएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा वडा नं ३ बस्ने एमाले समर्थक ४२ वर्षीय जालपा बोहोरा, ३८ वर्षीय भद्र बोहोरा, कृष्णजंग बोहोरा, ५० वर्षीया शान्ता बोहोरा र माओवादी समर्थक सोही वडाकै वर्ष ५९ वर्षीय बिर्ख बोहोरा, १८ वर्षीय लक्ष्मण बोहोरा, ५४ वर्षीय गोरसिंह बोहोरा, २६ वर्षीय पविन्द्र बोहोरा र २१ वर्षीय जगत बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।

थापाका अनुसार मादकपदार्थ सेवन गरी झडप भएकाे थियाे। झडपमा गम्भीर घाइते भएका चारजना एमाले कार्यकर्तालाई हेलिकोप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं लगिएको छ। 

त्यसैगरी, माओवादी समर्थक पाँचजना सामान्य घाइते भएका छन्। उनीहरूकाे स्थानीय स्वास्थ्यचौकी उपचार गरी घर फर्किएकाे उनले बताए। उपचारका लागि काठमाडौं लगिएका चारजनाको स्वास्थ्यावस्था खतरामुक्त छ।

प्रहरीका अनुसार सामान्य विषयमा विवाद हुँदा हात हालाहालकाे स्थिति आएकाे थियाे। घाइते अधिकांशको टाउकोमा चोट लागेको बिरामी कुरुवा विजय बोहोराले जानकारी दिए।