मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Wednesday, 18 December, 2024
२o७९ मङ्सिर २५ आइतबार १७:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार १७:३९:oo

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चेतावनी गरेको छ। मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहोर्‍याएको छ।

हङकङमा मानवअधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आइतबार जिमी लाईको ठगी मुद्दा कानुनमा आधारित निर्णय भएको स्पष्ट गरेको छ।

कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशीला भएको स्पष्ट गर्दै हङकङ अदालतले जिमीविरुद्धको मुद्दामा गरेको सुनुवाइ पूर्णतया वैधानिक एवं पारदर्शी रहेको आयुक्तको कार्यालयका प्रवक्ताले बताएका छन्। 

‘कानुनभन्दा माथि कोही पनि हुँदैन, जिमी लाईको ठगी मुद्दामा प्रमाण स्पष्ट छ, त्यो आपराधिक मुद्दा हो,’ हङकङमा चीनविरोधी शक्तिलाई समर्थन नगर्न सुझाउँदै प्रवक्ताले भनेका छन्। 

निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपंक्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संक्षरणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी उनले गरेका छन्। साथै, उनले  चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी पनि दिएका छन्।