१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २३ शुक्रबार ११:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाको खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २३ शुक्रबार ११:२६:००

हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका सबै बालबालिकालाई पूर्ण खोपको दायरामा ल्याएर औपचारिक रूपमा घोषण गरिएको हो।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।  

गाउँपालिकाका १३ स्वास्थ्य संस्थाका १४ वटा खोप केन्द्रमार्फत तीन सय ८१ बालबालिकालाई पूर्ण खोप सञ्चालन गरेपछि पूर्ण खोप सुनिश्चित भएको घोषणा  गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले जानकारी दिए। 

नेपाल सरकारले तय गरेका काममा अहं भूमिका निर्वाह गर्दै पूर्ण साक्षर गाउँपालिका घोषणा गरेको केही महिनामै खार्पुनाथले आफूलाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न सफल भएको जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सञ्जय)ले जानकारी दिए।

‘राष्ट्रसेवक कर्मचारी राजनीतिक विषयमा लाग्नुभन्दा सरकारले तय गरेका नीति तथा कार्यक्रमलाई सफल पार्न दत्तचित्त भएर लागे निर्धारित समयमा प्रगति गर्न सकिन्छ भन्ने नमुना खार्पुनाथले देखाएको छ,’ उनले भने, ‘यस कुरालाई जिल्लाका अन्य ६ वटा पालिकाले पनि अनुसरण गर्ने हो भने हुम्लाको विकासका सूचकहरू सकारात्मकतातर्फ अघि बढ्ने निश्चित छ।’