मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी जेनिन
२०७९ मङ्सिर २३ शुक्रबार १०:०२:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

वेस्ट बैंकको झडपमा तीन प्यालेस्टाइनीको मृत्यु 

Read Time : < 1 मिनेट
एजेन्सी, जेनिन
२०७९ मङ्सिर २३ शुक्रबार १०:०२:००

प्यालेस्टाइनको उत्तरी वेस्ट बैंक सहर जेनिनमा इजरायली सेनाको गोली प्रहारबाट बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकुको मृत्यु भएको प्यालेस्टाइनले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको गोली हानी हत्या गरेको र एक गम्भीर घाइते भएको जनाएको हो । तर, स्थानीय र सुरक्षा स्रोतहरूले इजरायली सेनाले सहरको मुख्य चोकमा आक्रमण गरी तीन प्यालेस्टाइनी लडाकु तारिक अल–दमेज, सिद्दकी जकार्नेह र अत्ता सालाबीलाई मारेको उल्लेख गरेका छन् ।

यो घटनापछि प्यालेस्टाइनी लडाकु र इजरायली सैनिकबीच व्यापक गोली हानाहान भएको जनाइएको छ । तीन प्यालेस्टाइनी लडाकुको हत्याको विरोधमा सहरमा प्यालेस्टिनीहरूले शोकको घोषणा गरेका छन् । आधिकारिक तथ्यांकले जनवरीयता गाजापट्टीमा दुई सय १३ प्यालेस्टाइनी मारिएको देखाएको छ । यीमध्ये अधिकांश उत्तरी वेस्ट बैंक सहर जेनिन र नाब्लसमा मारिएका हुन् ।