१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर २२ बिहीबार ०८:२१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेपेले तोडे रोनाल्डोको रेकर्ड

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २२ बिहीबार ०८:२१:००

 पोर्चुगलका भेट्रान डिफेन्डर पेपेले आफ्नै टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले यसै कतार विश्वकपमा राखेको कीर्तिमान तोडेका छन् । २२औँ संस्करणअन्तर्गत बुधबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध ६–१ को जित निकाल्दा पोर्चुगलका लागि एक गोल पेपेले गरेका थिए । खेलको ३३औँ मिनेटमा डिबक्सभित्र उत्कृष्ट हेडिङ गोल गर्ने पेपे विश्वकप इतिहासकै दोस्रो पाका खेलाडी बनेका छन् ।

पेपेले ३९ वर्ष २८३ दिनको उमेरमा गोल गर्दै रोनाल्डोको रेकर्ड तोडेका हुन् । यसै विश्वकपअन्तर्गत समूह चरणमा रोनाल्डोले घानाविरुद्ध गोल गरेका थिए । रोनाल्डोको सो गोल विश्वकपकै दोस्रो पाका खेलाडीले गोल गरेको रेकर्डका रूपमा रह्यो । विश्वकपमा दोस्रो पाका गोल गर्ने खेलाडीको नाम पेपेको नाममा रह्यो । रोनाल्डो तेस्रो स्थानमा झरेका छन् । 

विश्वकपमा क्यामरुनका रोजर मिल्ला सबैभन्दा पाका खेलाडीका रूपमा गोल गर्ने खेलाडी हुन् । उनले सन् १९९४ को विश्वकपमा रसियाविरुद्ध गोल गरेका थिए । त्यसवेला उनको उमेर ४२ वर्ष ३९ दिन थियो । सन् २००७ बाट पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका पेपेले एक सय ३२ खेलमा आठ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।