मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर २१ बुधबार ०९:१२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकपमा दुई गोल मात्र व्यहोर्ने गोलरक्षक कासिलास

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २१ बुधबार ०९:१२:००

गोलरक्षकले पनि विश्वकपमा आफ्नो नाममा राम्रो र नराम्रो रेकर्ड राखेका छन् । उत्कृष्ट बचाउ गर्दा गोलरक्षकको वाहवाही हुन्छ । खराब प्रदर्शन वा धेरै गोल व्यहोर्दा ती गोलरक्षक सबैतिरबाट आलोचित हुने गर्छन् । सन् २०१० को विश्वकपमा स्पेनका गोलरक्षक इकर कासिलासले केवल दुईपटक मात्र गोल व्यहोरे । कासिलासकै उत्कृष्ट प्रदर्शनका कारण नै स्पेनले पहिलोपटक विश्वकप उपाधि जितेको थियो । 

सन् २००२ मा कासिलासले विश्वकपमा डेब्यु गरेका थिए । १६ वर्षको अन्तर्राष्ट्रिय फुटबल करिअरमा कासिलास स्पेनका नम्बर एक गोलरक्षक बने । उनले स्पेनबाट एक सय ६७ पटक खेल खेले । स्पेनिस राष्ट्रिय टोलीमा स्थान बनाउन उनले उमेरसमूहदेखि नै प्रतिस्पर्धा गरेका थिए । सन् २००८ मा उनी स्पेनिस टोलीका कप्तान बनेका थिए । 

सन् २०१० को विश्वकपमा उनले पाँच खेलमा क्लिन चिट राखेका थिए । दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक भए । उत्कृष्ट गोलरक्षकबापत उनले यासिन अवार्ड पाए । स्पेन युरोकप तथा विश्वकप उपाधि उचाल्ने पहिलो टोली बन्दा कासिलासले गोलपोस्टमा उत्कृष्ट भूमिका निर्वाह गरेका थिए । युरोकपमा उनको नाममा एउटा रेकर्ड छ । युरोकपमा पाँच सय नौ मिनेटसम्म गोल नखाने गोलरक्षकका रूपमा उनको नाम स्थापित छ ।