सत्तागठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको बैठक पहिलोपटक बसेको हो।
बैठकमा चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा छलफल हुने बताइएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने गठबन्धनको तयारी छ।