सुकुमबासीमाथि धरपकडको विरोधमा राजधानी काठमाडौंमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा र नेपाल महिला एकता समाजले माइतीघरमा आज प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूका संवैधानिक अधिकार ग्यारेन्टीको माग गरेका छन् । उनीहरूले जिल्ला भूमि आयोगको कामलाई तीव्र बनाउन माग गरेका छन् ।
पछिल्लो समय सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूमाथि सरकारले दमन गरेको भन्दै उनीहरूले विभिन्न अभियोग लगाई प्रहरीमा दिइएका जाहेरी फिर्ता लिन माग गरेका छन् ।
केही दिनअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरूमाथि कारबाहीको माग गरी महानगरले जाहेरी दिएको छ ।