१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

‘नेपथ्य संगीत यात्रा’को सबै तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o५:oo

मानवता प्रवर्द्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य ब्यान्डको सहकार्यमा काठमाडौं, पोखरासहित मुलुकका प्रमुख १० सहरमा हुन लागेको संगीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पूरा भएको छ । आश्रमले बिहीबार कार्यक्रम तयारी पूरा भएको जानकारी दिएको हो । 

सडकपेटीमा रहेका अशक्त, असहाय तथा परिवारविहीन व्यक्तिहरूको संगीतका माध्यमबाट उद्धार, उपचार, पालनपोषण एवं उनीहरूको पारिवारिक पुनर्मिलनका लागि आर्थिक स्रोत जुटाउन र मानवता प्रवर्द्धन गर्न यसपटक आश्रमले नेपथ्य ब्यान्डसँग मिलेर संगीत यात्रा गर्न लागेको हो । उक्त संगीत यात्रा १६ मंसिरमा विराटनगरबाट सुरु भई १६ पुसमा काठमाडौंमा आएर समापन गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

महिनाव्यापी अभियानअन्तर्गत १९ मंसिरमा वीरगन्जको आदर्शनगर रंगशाला, २२ मंसिरमा हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ मंसिरमा भरतपुरको क्याम्पाचौर, २९ मंसिरमा नेपालगन्जको रंगशालामा संगीतमार्फत मानवता प्रवर्द्धन कार्यक्रम हुनेछ ।

यस्तै, ३ पुसमा धनगढी रंगशाला, ६ पुसमा सुर्खेतको खुलामञ्च, ९ पुसमा  बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ पुसमा पोखराको प्रदर्शनी केन्द्र र १६ पुसमा काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ । रासस 

ad
ad