१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दोलखामा पुनः मतदान : दिनभर शान्तिपूर्ण, साँझ फेरि लफडा

१० केन्द्रमा ४२ सय ५६ मत खस्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:२२:oo

निर्वाचन आयोगले पुनः निर्वाचन गराएको दोलखाका ४ स्थानका १० मतदान केन्द्रमा ४ हजार २ सय ५६ मत खसेको छ।

जिल्लाको बैतेश्वर गाउँपालिकास्थित वडा नं, २ , ३ , ६ र तामाकोसी गाउँपालिका ३ जफे स्वास्थ्यचौकी मतदान केन्द्रबाट ४ हजार २ सय ५६ मत खसेको हो। 

४ मंसिरमा सम्पन्न निर्वाचनमा सत्तागठबन्धनका कार्यकर्ताले बुथ क्याप्चर गरेको आरोप लगाउँदै एमालेले उजुरी गरेपछि निर्वाचन आयोगले आवश्यक अध्ययन गरी १० मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको थियो। 

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बुथ कब्जा भएको भन्दै एमालेले उजुरी दिएपछि दोलखाको बैतेश्वर गाउँपालिकास्थित बैतेश्वर मावि नाम्दु, कालिढुंगा मावि मिर्गे, जनज्योति मावि पुतलीकाठ र तामाकोसी गाउँपालिकाको जफेस्थित जामुने मतदान केन्द्रमा बिहीबार पुनः निर्वाचन गराएको  हो। 

आयोगको निर्णयअनुसार बिहीबार पुन: मतदान सम्पन्न भएको छ। निर्वाचन कार्यालय दोलखाका अनुसार जम्मा मतको ४९‍.९८ प्रतिशत मत खसेको छ। 

याे मत ४ मंसिरमा खसेकाेभन्दा एक हजार ३ सय २२ कम हो। अघिल्लाे निर्वाचनमा उल्लेखित मतदान केन्द्रबाट ५ हजार ५ सय ७८ मत खसेको थियो। ४ स्थानका १० मतदान केन्द्रमा ८ हजार ५ सय १४ जना मतदाता थिए। 

दिनभर शान्तिपूर्ण दिउँसो झडप र लफडा 

छिटफुट घटनाबाहेक दोलखामा भएको पुनः निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि बेलुकीको समयमा कतै फेरि झडप र लफडासमेत भएको छ। 

मतदानका क्रममा पुतलीकाठ र मिर्गेमा भने केही तनाव भएको छ। बैतेश्वर २ पुतलीकाठस्थित जनज्योति माविमा भएको निर्वाचनमा सामान्य झडप र उम्मेदवारको गाडी तोडफोडसमेत भएकाे प्रहरीले जनाएकाे छ।  

पुतलीकाठमा एमाले र गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदा सामान्य झडप हुनुका साथै गठबन्धनको तर्फबाट प्रदेश सभा १ मा उम्मेदवार बनेका कांग्रेस नेता कुन्दनराज काफ्ले चढेको गाडीमा ढुंगामुडा प्रहार भएको हो।

यस्तै, बैतेश्वरको मिर्गेस्थित कालिढुंगा मतदान केन्द्रमा पनि नाराबाजी भएको छ। पुतलीकाठमा कांग्रेस उम्मेदवार काफ्लेको गाडीमा ढुंगामुडा प्रहार भएपछि मिर्गेमा कांग्रेसका कार्यकर्ताले एमालेका उम्मेदवारविरुद्ध नाराबाजी गरेका छन्। 

दिउँसो मिर्गे मतदान केन्द्रमा पुगेका एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीविरुद्ध कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै विराेध प्रदर्शन गरेका थिए। 

ad
ad