१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौंमा राति १२ बजेसम्म रेस्टुरेन्ट खोल्न पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१३:oo

काठमाडौं जिल्लामा मध्यराति १२ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ। मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रात्रिकालीन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो। बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जानकारी गराएको छ।
 
निर्णयअनुसार मदिरा पसलहरू राति १० बजेसम्म, रेस्टुरेन्टहरू राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेस्टुरेन्ट र लाउन्ज बार बिहान २ बजेसम्म र डिस्को तथा क्लब बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

रात्रिकालीन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्देश्यले यो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। ‘रात्रिकालीन व्यवसायलाई सुव्यवस्थित गराउन हामीले सञ्चालन गर्न पाउने समयबारे प्रस्ट निर्णय गरेका हौैँ,’ उनले भने, ‘यसबाट काठमाडौंमा पर्यटकीय तथा आर्थिक गतिविधिलाई वृद्धि गरी रोजगारी र आय आर्जन बढ्ने हाम्रो अपेक्षा छ।’

यो नियम काठमाडौंका सबै ठाउँमा लागू हुने सिडिओ उपाध्यायको भनाइ छ। हाल धेरै ठाउँमा प्रहरीले बेलुका ९–१० बजे नै रेस्टुरेन्ट बन्द गराउँदै आएको छ। कतिपयले अदालतको आदेशका आधारमा राति अबेरसम्म रेस्टुरेन्ट तथा डिस्को सञ्चालन गर्दै आएका छन्। अब भने सबैका लागि समान नियम लागू भएको छ।

यो निर्णय कार्यान्वयन गराउन प्रहरीको सहयोगी भूमिका हुने सिडिओ उपाध्याय बताउँछन्। यसअघि गृह मन्त्रालयले पर्यटकीय बजार २४सै घन्टा सञ्चालन गर्ने निर्णय गरे पनि आंशिक रूपमा मात्र कार्यान्वयनमा थियो।

ad
ad