५० वर्षमै वृद्धभत्ता दिनेजसरी प्रतिस्पर्धा भइरहेको छ : गगन थापा

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्धभत्ता छिटोछिटो दिने निर्णय गरिरहेको बताएका छन्।

बिहीबार आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सव कार्यक्रममा उनले दलहरूले आगामी दिनमा ५० वर्षमै वृद्धभत्ता पाउने व्यवस्था गर्न सक्ने गरी प्रतिस्पर्धा गरिरहेकाे टिप्पणी गरे। उनले भने, ‘मलाई त अब प्रतिस्पर्धाको वेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ। प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ।’

भत्ता वितरणको भाष्य नै गलत बनाइएको भन्दै उनले अब आउने नयाँ प्रधानमन्त्रीले रोजगारी सिर्जना, पारिश्रमिकजस्ता कुरालाई मानक बनाउनुपर्ने औँल्याए। ‘भाष्य नै हामीले गलत बनाएका छौँ। माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ। स्थानीय सरकारमा पनि कसले कति बाँड्ने भन्ने प्रतिस्पर्धा छ।’

सुझावित समाचार