१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १५ बिहीबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार o९:o९:oo

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा २३ मंसिरदेखि प्रतिकित्ता रु. एक सय अंकित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी रु. एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्यबराबरको कुल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कुल १० लाख कित्ता सेयर छुट्याएको छ।

त्यस्तै, सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

ad
ad
ad
ad