१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o३:oo

बदर मतको प्रतिशत घटाउने भन्दाभन्दै पनि यसपटक झन् बढेको देखियो नि ?
अहिलेसम्म मत गणना नै सकिएको छैन । देशभरिबाट सदर र बदर मतको ‘एक्चुअल’ डाटा आएकै छैन । अन्तिम तथ्यांक नै नआई बदर मतको संख्या घट्यो भनेर कसरी भन्नु र ? 

स्थानीय निर्वाचनमा भन्दा अहिले बदर मतको प्रतिशत किन बढ्यो होला ?
यसका पछाडि केही कारण हुन सक्छन् । खासगरी अहिले मतदाताले चारवटा फरकफरक मतपेटिकामा मत खसाल्नुपर्ने थियो । तर, केही मतदाताको र केही मतदानमा खटिएका कर्मचारीको असावधानीवश एउटा बाकसमा खसाउनुपर्ने मत अर्को बाकसमा खसाएको पनि भेटियो । यस्तो अवस्थामा आयोगले जुनसुकै बाकसमा खसाएको भए पनि त्यस्तो मत सदर गर्ने भनेको थियो । तर, स्थानीय स्तरमा मत गणना गर्ने क्रममा मुख्य निर्वाचन अधिकृत र राजनीतिक दलहरूले त्यस्ता मत बदर गर्ने निर्णय गरेको हुनाले पनि बदर मत संख्या बढेको हुन सक्छ । 

मतदाता शिक्षा प्रभावकारी नभएर त बदर मतको प्रतिशत बढेको होइन नि ?
आंशिक रूपमा मतदाता शिक्षाकै कारण कहीँ कतै मत बदर भएका पनि हुन सक्छन् । तर, सबैतिर मत बदर हुनुमा यही नै मुख्य कारण होइन । खासगरी मतपत्रमा कलमले ‘इन्टु’ लगाएर खसाउने, ‘कसैलाई पनि मत दिन्नँ’ भनेर लेख्ने जस्ता कार्यहरू हेर्दा मतदाता शिक्षा कम होइन, बढी भएर पो यस्तो भएको हो कि ?
 

ad
ad