१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १३ मंगलबार
  • Thursday, 03 July, 2025
२o७९ मङ्सिर १३ मंगलबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धर्म संस्कृतिसँग सम्झौता गर्दिनँ : शेखर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १३ मंगलबार १८:२९:oo

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन्। विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उनले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभयो।

भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा. कोइरालाको धारणा थियो । उनले भने, 'राष्ट्रका यी धरोहरको संरक्षण तथा संवर्द्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसदमा खरो रूपमा उत्रिनेछु।'
 
 नेता कोरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे। कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्यहरू अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीलगायतको उपस्थिति थियोे। रासस