१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

निटफेस्टमा पाँचौँ दिन उरुग्वेको नाटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५३:oo

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मध्यतिर आइपुगेको छ। नाै दिनसम्म आयोजना हुने महोत्सवको पाँचौँ दिन मंगलबार दुई नाटक तथा नृत्यनाटिका र अडियो नाटक प्रस्तुत हुँदै छ।

निटफेस्टमा मंगलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्री कन्फेसन’बारे जुम कक्षा भएको छ। याे अडियो नाटक जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन्।

त्यस्तै, उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’ दिउँसो १२ र ४ बजे मञ्चन हुँदै छ। यो थिएट्रिकल क्लाउन पर्फर्मेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा भनिएको छ। 

यसैगरी, चौथो दिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को साँझ ६ बजे पुनः मञ्चन हुँदै छ। यस प्रस्तुतिको लेखन तथा निर्देशन केदारनाथ पौडेलले गरेका हुन्। पाँचौँ दिनको अन्तिम प्रस्तुतिस्वरूप साँझ ७ बजे नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु हुने ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्यनाटिका हुँदै छ।

ad
ad