१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १३ मंगलबार
  • Friday, 04 July, 2025
२o७९ मङ्सिर १३ मंगलबार o७:२८:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १३ मंगलबार o७:२८:oo

विरोध हुँदाहुँदै महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउन किन खोजिरहेको छ ? 
यो कसैले विरोध गर्ने विषय नै होइन । हामीले खुलामञ्च मास्न लागेका पनि होइनौँ । त्यहाँ रहेको खाली जमिनलाई सदुपयोग गर्न खोजेका मात्र हौँ । यसो गर्दा खुलामञ्च मासिने कुनै डर हुँदैन । हामीले सार्वजनिक सुनुवाइ गरेर नै यहाँ पार्किङ बनाउने हो । महानगरले जबरजस्ती बनाउनका खोजेको होइन । 

यहाँ पार्किङ बनाउँदा उपत्यकाको पार्किङ समस्या समाधान हुन्छ त ? 
अवश्य समाधान हुन्छ । यहाँ हजारौँ गाडी एकसाथ पार्किङ गर्न सकिन्छ । तीन तलासम्म भूमिगत पार्किङ बन्यो भने यस क्षेत्रको पार्किङ समस्या आगामी २० वर्षका लागि समाधान हुन्छ । अहिले यही योजनाका लागि डिपिआरको काम सुरु भएको छ । हामीले करिब एक वर्षभित्रमा यो योजना सक्छौँ होला । 

टुँडिखेलबाहिरको सडक साघुँरो छ, पार्किङका लागि सबैतिरका गाडी यहाँ आउँदा झनै जामको समस्या नहोला र ? 
त्यस्तो समस्या हुँदैन । यस क्षेत्रमा उपत्यकाभरिका सवारी साधन पार्किङ गर्न ल्याउने पनि होइन । टुँडिखेल आसपासका क्षेत्रलाई लक्षित गरेर यहाँ पार्किङस्थल बनाउन थालिएको हो । त्यसैले, यहाँ पार्किङ स्थल निर्माण गर्दैमा वरिपरिको सडकमा ट्राफिक जामको समस्या हुँदैन । बरु यहाँ भरपर्दो पार्किङ स्थल बनेपछि वरिपरिको सडकमा हुने जाम हट्छ ।