१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ०६:४२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राजनीतिक मुद्दासँग जोडिएको अमेरिका–इरान भिडन्त

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ०६:४२:००

विश्वकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा लज्जास्पद हार बेहोरेपछि इरानले धेरै आलोचनाको सामना गर्‍यो । फुटबलका पण्डितहरूले एीसयाली मुलुकविरुद्ध धेरै प्रश्न गरे । दोस्रो खेलमा इरानले वेल्समाथि सनसनी रुपमा २–० को जित निकाली आलोचकहरूको मुख बन्द गर्‍यो । इरानले समूहको अन्तिम तथा तेस्रो खेलमा अमेरिकाको सामना गर्दैछ । दुई देशबीचको राजनीतिक सम्बन्ध राम्रो छैन । मंगलबार मैदानमा समेत दुई देशबीचको प्रतिस्पर्धालाई राजनीतिक रुपमै जोडिएको छ । 

अमेरिकासँग खेल्नु अघि इरान आफैमा ग्रसित बनेको छ । महिलालाई इरानी ‘ड्रेस’ अनिवार्य नियम लागू भएसँगै अहिले इरानमा हिंसात्मक गतिविधि बढिरहेका छन् । जसमा कारण २२ वर्षीय महसा अमिनीको सेप्टम्बरमा मृत्यु भएको थियो । त्यसैको विरोधमा इरानले इंग्ल्यान्डविरुद्ध राष्ट्रिय गान नै गाएन । बुधबार मात्रै पूर्व खेलाडी भोरिया घाफोउरीलाई सरकारविरोध कार्य गरेको भन्दै नियन्त्रणमा लिएको छ । 

अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्दै गर्दा इरान यी सबै घटनालाई बिर्सिएर मैदान प्रवेश गर्नेछ । दई टोलीबीच हालसम्म दुई पटक प्रतिस्पर्धा भएको छ । जसमा एक खेल इरानले जितेको छ । एक खेल बराबरीमा टुंगिएको छ । सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २–१ ले हराएको थियो । सन् २००० मा भएको मैत्रीपूर्ण खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । यसै समूहमा इंग्ल्यान्ड र अमेरिकाले बराबरी अंक बाँड्दा इरानको नकआउट चरण पुग्ने सम्भावा छ । 

समूह ‘बी’ को समिकरण निकै रोमाञ्चक छ । इंग्ल्यान्ड दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा छ । इरान तीन अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका दुई अंक र वेल्स एक अंक जोडेका छन् । चारै टोलीका प्रिक्वार्टरफाइनल पुग्ने सम्भावना यथावत् छन् । पहिलो खेलमा इंग्ल्यान्डसँग ६–२ ले पराजित भएको इरान दोस्रो खेलको जितसँगै हौसिएको छ । अल थुमाम मैदानमा इरान अमेरिकालाई पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्ने दाउँमा छ ।  खेल जित्नेले नकआउट चरणमा प्रवेश सम्भावना बलियो बनाउनेछ । 

मंगलबार राति इरानले बराबरी वा जित निकाल्दा नकआउट चरणमा पुग्न सक्छ । अमेरिका हार वा बराबरले घर फर्कने पक्का छ । इरानमाथिको जितले अमेरिकाको अन्तिम १६ को सम्भावना बलियो छ । एकै समयमा हुने खेलमा इंग्ल्यान्डले वेल्सको सामना गर्नेछ । यो खेलको नतिजाले समेत अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ । वेल्सविरुद्ध इंग्ल्यान्डलाई बराबर पर्याप्त हुनेछ । गेराथ बेलको कप्तानीमा रहेको वेल्स पराजित भए समूह चरणबाट माथि बढ्न सक्दैन । ह्यारी केनको कप्तानीमा बलियो सुरुवात गरेको इंग्ल्यान्ड उच्च मनोबल सहित मैदान उत्रनेछ ।