मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार १९:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थापाथली झडप : नगर प्रहरी प्रमुखसहित ३६ घाइते 

Read Time : < 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार १९:१४:००

थापाथलीको सुकुमबासी बस्ती हटाउन जाने क्रममा आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक तथा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन्।

घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीका अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।

‘घाइतेमध्ये धेरैको टाउकोमा चोट छ। स्वास्थ्य गम्भीर भएको सूचना पाएका छैनौँ। टाउकोमा ७ टाँकासम्म लगाउनुपरेको छ। यस्ता घाइते धेरै हुनुहुन्छ। टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका बिरामी धेरै हुनुहुन्छ,’ उनले भने।

नदी किनारमा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारीसाधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो।

सूचनाअनुसार मंसिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नुपर्ने थियो। त्यस अवधिमा किनारका संरचना हटेका थिएनन्।

आजको घटनाका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा थियौँ। त्यही क्रममा बस्तीमा पुग्न नपाईकन स्थानीयबाट घरेलु हतियारसहित ढुंगा हानेर आक्रमण भयो। यसबाट नगर प्रहरीहरू घाइते भएका छन्।’