१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ११ आइतबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

अँध्यारो कोठामा मुटुको शल्यक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार o८:१८:oo

पछिल्लो समय रुसी मिसाइल प्रहारपछि विद्युत् अवरुद्ध भएको राजधानी किभस्थित एउटा अँध्यारो कोठामा युक्रेनी शल्य चिकित्सकको एउटा समूहले एक बालकको मुटुको शल्यक्रिया गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

‘युक्रेनमा रुसीहरूले गरेको मिसाइल आक्रमणको क्रममा आज किभको हार्ट इन्स्टिच्युटमा बिजुली अवरुद्ध भयो । यही समयमा चिकित्सकहरूले एक बालकको मुटुको आकस्मिक शल्यक्रिया गरिरहेका थिए’, सामाजिक सञ्जाल प्रयोगकर्ता इरिना भोचुकले भिडियो ट्विट् गर्दै लेखेका छन् ।

समाचार लेख्दासम्म करिब दुई मिनेट लामो उक्त ट्विट् भिडियोलाई १५ हजारले हेरेका छन् । फुटेजमा चिकित्सकहरूको समूहले सीमित उज्यालोमा शल्यक्रिया गरेको देखाइएको छ । चिकित्सकहरूको टाउकोमा राखिएको हेडलाइटबाहेक कोठालाई अँध्यारोले ढाकेको थियो । शल्यक्रिया कक्षमा सामान्य देखिने ओभरहेड लाइटको उज्यालो पनि जेनेरेटरबाट चलाइएको थिएन ।

न्युज विकका अनुसार भिडियोमा एकजना चिकित्सक भन्छन्, ‘हामी अहिले यसरी नै मुटुको शल्यक्रिया गर्छौँ ।’ चिकित्सकको टोलीले बालकको मुटुको दुईवटा भल्भ प्रतिस्थापन गर्न कार्डियोपल्मोनरी बाइपास गरेको थियो । ‘के भयो कसैलाई थाहा भएन, तर अप्रेसन थिएटर पूरै अँध्यारो भयो’, ती चिकित्सक भन्छन्, ‘आज अप्रेसनको यो टेबुलमा बच्चा छ । शल्यक्रियाको बीचमा बत्ती थिएन । भिडियोको कमेन्ट सेक्सनमा ट्विटरका धेरै प्रयोगकर्ताले चिकित्सकहरूलाई नायकका रूपमा प्रशंसा गरेका छन् ।

ad
ad
ad
ad