मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Wednesday, 18 December, 2024
२o७९ मङ्सिर १० शनिबार o६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाजुराको​​​​​​​ बुढीनन्दामा आज मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार o६:१६:oo

बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मतदानस्थलमा शनिबार पुन: मतदान गराउँदै छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मतदानको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘बिहीबार नै मतदान अधिकृत र सुरक्षाकर्मीको टोली पुगिसकेको छ । सर्वदलीय बैठकपछि सौहार्दपूर्ण वातावरण छ । सबैको सहयोग छ । शान्तिपूर्वक चुनाव सम्पन्न हुन्छ,’ उनले भने । 

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी खटाइएको पौडेलले जानकारी दिए । ‘दुइटा एसपीसहित सुरक्षाकर्मीको नयाँ टोली गएको छ । बाहिर सुरक्षा घेरा राम्रो छ । भित्र कर्मचारीको टिम पनि फरक गएको छ । सबै तयारी चुस्त छ,’ उनले भने । 

यहाँ निर्वाचनका क्रममा भएको हिंसात्मक घटनाको अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ । मतदानको दिन झडपमा परेर यहाँ दुईजनाको मृत्यु र एक प्रहरीसहित चारजना घाइते भएका थिए । उक्त घटनाबारे स्थलगत अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित टोली खटिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।