१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार १९:४१:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १९:४१:००

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट–२०२२) को दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको उद्घाटन गरिएको हो। 

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ भारतकी रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन्। 

त्यस्तै, समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, जिआइजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइसलगायतले महोत्सवलाई शुभकामना व्यक्त गरेका थिए।

समारोहमा मन्त्री श्रेष्ठले नेपालको कला–संस्कृति प्रवद्र्धन र विकासका लागि नाट्य महोत्सवको उल्लेखनीय भूमिका हुने विश्वास व्यक्त गरे। 

त्यस्तै, मेयर बालेन्द्र शाहले एउटा नगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु उत्तिकै हुनुपर्ने महसुस गरेको बताए। उनले भने, ‘काठमाडौं महानगरपालिकाले आगामी दिनमा वार्षिक वजेटमै नाट्य तथा चलचित्र महोत्सवहरु उल्लेख गर्ने प्रयत्न गर्नेछु। त्यो हुँदा अझै खुलेर यस्ता महोत्सव गर्न सकिन्छ र त्यसको प्रभाव पनि त्यही अनुरुप हुनेछ भन्ने लाग्छ।’

अभिनेत्री शबाना आजमीले नेपालमा आफू नाटकको महोत्सवमा सहभागी हुन पाउनु खुसीको कुरा रहेको बताइन्। ‘नेपालमा कलाकारहरु मिलेर आफैँ नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु र यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ। यो निकै सह्रानीय कार्य हो,’ उनले भनिन्। 

मण्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकहरुको संग्रह ‘इन्द्रधनुषः यस छिमलका नाटकहरु’ पनि विमोचन गरिएको थियो। 

त्यस्तै महोत्सवको पहिलो दिन दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ र अनिल सुब्बा निर्देशित नाटक ‘बुद्ध र भिकारी पनि मञ्चन गरियो। मंसिर १७ गते सम्म सञ्चान हुने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।