१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Monday, 30 June, 2025
२o७९ मङ्सिर ९ शुक्रबार १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा आगलागी हुँदा एक घर जलेर पूर्ण नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १७:४७:oo

जुम्लामा आगलागीबाट एकघर जलेर पूर्णरुपमा नष्ट भएको छ। चन्दननाथ नगरपालिका– ३ का लालबहादुर खत्रीको चारतले (१७ कोठे) घर जलेर नष्ट भएको हो।

गएराति साढे २ बजे आगलागी भएको भएपनि प्रहरीलाई बिहान ६ बजे मात्रै खबर भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए। वडाध्यक्ष रतन खत्रीका अनुसार आगलागीबाट घरमा भएको सबै अन्न, लत्ताकपडा, भाँडाकुडालगायतका सामान जलेर नष्ट भएको छ।

प्रहरीले घटनाको मुचुल्का उठाएको छ। घटनापछि चन्दननाथ नगरपालिकाले वैठक बसेर रु ६० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए।  नगर उपप्रमुख रामदेवी खड्काले व्यक्तिगत रुपमा आगलागी पीडितलाई २२ हजार रुपैयाँ बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग गरेकी छिन्।