१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
२o८१ बैशाख २३ आइतबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देही २ को मतगणना रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५७:oo

प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ मा भइरहेको मतगणना रोकिएको छ । मतगणनास्थलमा कम्युटरमा राखिएको तथ्यांक र गणनास्थलको मतपत्रको संख्या फरक परेपछि मतगणना रोकिएको छ । 

गणनाका क्रममा ३४ मत फरक परेपछि एमालेबाहेक अन्य दलहरूले गणना बहिस्कार गरेका छन् ।  बिहान साढे पाँच बजेदेखि अबरुद्ध मत गणना अझै सुरु हुन सकेको छैन । 

मतगणनाको पछिल्लो विवरणअनुसार अब मतगणना गर्न करिब ६ हजार मत बाँकी छ । निर्वाचन कार्यालयको तथ्यांकअनुसार विष्णु पौडेलले २३ हजार ७९३ मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ हजार ८८७ मत प्राप्त गरेका छन् । गठबन्धनको समर्थनका उम्मेदवार केशवबहादुर थापा मगरले १९ हजार २६० मत प्राप्त गरेका छन् ।

ad
ad