मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७९ मङ्सिर ९ शुक्रबार ११:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणलाई ४७६ मतले उछिन्दै बोहोराको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार ११:५o:oo

प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता दीपक बोहोराबीच कडा प्रतिस्प्रधा देखिएको छ । 
सुरुवातदेखि नै एकले अर्कोलाई पछ्याउँदै आएका उम्मेदवारद्वय खाँण र बोहोराबीच अहिले पनि यही क्रम चलिरहेको छ । 

पछिल्लो समय यी दुईबीच ४७६ मतको अन्तर देखिएको छ । अहिले खाँडलाई पछि पार्दै बोहोरा अघि बढेका छन् । 

जनमुक्ति पार्टीकोसमेत समर्थन रहेका गृहमन्त्री खाणले २७ हजार १४६ मत प्राप्त गरेका छन् । एमाले, राप्रपा र जसपाको तालमेलमा राप्रपाका उमेदवार दिपक बोहोराले २७ हजार ६२२ मत प्राप्त गरेका छन् । 

अहिले बोहोरा खाणभन्दा चार सय ७६ मतले अगाडि छन् । बिहीबारसम्म अग्रता लिँदै आएका खाँण प्रदेश (२) को मतगणना सुरु भएसँगै पछाडि परेका छन् । 

खाँणलाई आप्नै नगर तिलोतमा नगपालिका १३ र १४ वडाबाट कम मत परेको थियो । रुपन्देही ३ को प्रदेश १ क्षेत्र बाट अग्रता लिँदै आएका खाँण प्रदेश २ को मतगणना सुरु भएसँगै पछाडि परेका छन् ।